Enjoy cooking
Browse through over
650,000 tasty recipes.
Home » » धेरै रोगको औषधी सिस्नु कसरी खाने

धेरै रोगको औषधी सिस्नु कसरी खाने

Written By organic online(himalayan food) on Friday, 21 February 2020 | 15:41








धेरै रोगको औषधी सिस्नु कसरी खाने



सिस्नु के हो ?  यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउने गर्छ ।
सिस्नोको महत्वबारे बुझेकै कारण अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

सिस्नोका फाईदाहरु
१. शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।
२. महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु-याउँछ ।
३. यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र कहाँ हो र ? यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।
४. कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।
५. पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।
६. त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।
७. बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पु-याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।
८. अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।
९. सिस्नोमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ ।
सिस्नोमा के के पाईन्छ?
रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।
सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।
महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।
त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।
यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।
यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहारीहरूको लागि अति उत्तम भोजन हो ।
सिस्नोको प्रयोग गर्ने विधि
१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।
मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं ।
शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।
बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ ।





SHARE

About organic online(himalayan food)

0 comments :

Post a Comment