Enjoy cooking
Browse through over
650,000 tasty recipes.
Home » » सोयाबिनमा (भटमास)

सोयाबिनमा (भटमास)

Written By organic online(himalayan food) on Friday, 14 August 2020 | 20:16

सोयाबिनमा (भटमास)

सोयाबिनमा (भटमास)
#प्रोटिनका साथै ‘भिटामिन बी’,
#भिटामिन ई’,
#ओमेगा ३,
#ओमेगा ६,
# फाइबर प्रचुर मात्रामा हुन्छ तेसैले सोयाबिनलाई मासुको विकल्पमा प्रयोग गरिने गरिन्छ । दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन र पोषक तत्व पाइने हुनाले शाकाहारीहरुको लागि सोयाबिन अति उपुक्त मानिन्छ।
सोयाबिन खानाले शरीरमा उर्जा प्रदान गर्नुका साथै शरीरको विभिन्न रोगहरु निवारण गर्न मद्दत गर्छ ।
सोयाबिनको उपभोग गर्नाले हाम्रो शरीरमा एमिनो एसिडको कमी पुरा गर्नुका साथै हाम्रो दिमाग, तथा हड्डीलाई पनि बलियो राख्दछ । सोयाबिनले हामो रगतलाई सफा राख्नुका साथै एस्ट्रोजन हर्मोनले अनुहारमा भएको दाग र चाउरिपनाबाट छुटकारा दिन्छ । यसले हाम्रो शरीरको कमजोरी लाई हटाई विभिन्न प्रकारको क्यान्सर जस्तो रोग हुन बाट बच्न सहयोग गर्दछ !
प्राकृतिक नियम नै हो फाइदा संग बेफाइदा पनि उत्तिकै नै हुन्छ तेसैले हामी आफै सजग हुनु पर्छ । हाम्रो शरीरमा चाहिने भन्दा बढी प्रोटिनको मात्रा भएको खण्डमा हाम्रो शरीरको सन्तुलन बिग्रन गइ धेरै रोग लग्न सक्छन । मृगौला सम्बन्धि रोग वा कुनै समस्या भएको खण्डमा सोयाबीनको सेवनकम गरेको राम्रो हुन्छ । मृगौलाले शरीरमा भएको प्रोटिनलाई पनि फिल्टर गर्नु पर्ने हुदा शरीरमा एकैपटक धेरै मात्रामा प्रोटिनको प्रवेश हुदा मृगौलामा भार पर्न गइ मृगौला समेत फेल हुने सम्भावना हुन्छ त्यसैले खानु भन्दा पहिला विचार गर्नु पर्ने हुन्छ ।
सोयाबीनमा पाइने एमिनो एसिडले शरीरको थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई प्रभावित गर्ने गर्छ । शरीरमा थाइरोक्सिन हर्मोनको मात्रामा कमी वा वृद्धि हुदा यसले थाइराइड रोगलाई बढाउने गर्छ । त्यसकारण, थाइराइडका बिरामीले सोयाबीनको सेवन गर्नु उचित मनिन्दैन
सोयाबिन को तेल मा ट्रान्स फ्याटको मात्रा निकै कम हुने भएकोले यो मानव मुटुका लागि राम्रो मानिँदैन । यसले हाम्रो शरीरमा रक्तचाप बढाउने काम गर्नुका साथै यसले विभिन्न मुटुजन्य रोगहरु निम्त्याउने गर्छ । सोयाबीनमा पाइने एमिनो एसिडले गर्भवती महिलाको शिशुको विकासलाई रोक्ने काम गर्ने हुदा येस्ता महिलाहरुले सोयाबिनको परिकार हरु सेवन गर्नु उचित हुँदैन । सोयाबिन मानव जीवन को लागि जति सहज र स्वास्थ्य बर्धक हुन्छ त्यतिनै हानिकारक पनि हुन्छ !
भट्टमास लाई भुटेर गोलभेंडा लसुन खुर्सानी संगै पिसी चट्नी बनाउन सक्नुहुन्छ !मोमो को अचार को त कुरै छोडौ ! चामल गहु मकै
भटमास
R. S- 300 per kg
SHARE

About organic online(himalayan food)

0 comments :

Post a Comment